Rato Pana
प्रदेश २ समाज हाइलाइट-समाचार

हतियार सहित ६० वर्षीय कलवार पक्राउ।

Advertise:

श्याम सर्राफ

पर्सा,  ४ साउन
पर्सा प्रहरीले अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन बस्ने  ६० वर्षका रामबाबु प्रसाद कलवार रहेका छन।

आफ्नै घर भित्र अवैध हतियार लुकाई छिपाई राखिएको सुचना पाएपछि आज विहान ०९:०० बजे प्रहरी चौकी महुवनबाट खटिएको टोलीले कलवारको घर खानतलासी गर्दा सुत्ने कोठाभित्र लुकाइ छिपाई राखिएको एयर गन १ थान फेला परेपछी कलवार पक्राउ परेका हुन।

कलवारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई हात हतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related posts

Leave a Comment