Rato Pana
धर्म/संस्कृति

शुभकार्यको चर्चा चल्नेछ ।

Advertise:

मेष । प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।

वृष । आज कुनै कुराले मनमा प्रसनता छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममा पनि सफलता प्राप्त हुनेछ ।

मिथुन । आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कर्कट । अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलखीपूर्ण कार्यले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

सिंह । आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

कन्या । आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

तुला । आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

वृश्चिक । आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

धनु । मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

मकर । शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कुम्भ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।

मीन । आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Related posts

Leave a Comment