Rato Pana
अर्थ हाइलाइट-समाचार

पर्सामा ५ किलो ग्राम चाँदीको गहना सहित एक जना पक्राउ ।

Advertise:

रातोपानाकर्मी

वीरगंज ६ साउन
पर्सामा चाँदीको गहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको सिमावर्ती शहर रक्सौलबाट वीरगन्ज तर्फ आउँदै गरेको अवस्थामा प्रहरी ५ किलो ३ सय ३४ ग्राम चाँदीको गहना सहित सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा स्थायी घर भई हाल चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा श्रेया ज्वैलर्स सञ्चालन गरिरहेका ४३ वर्षीय अंगद साहलाई पक्राउ गरेको जनाएको छ ।

पैदल हिँडिरहेको अवस्थामा शंकास्पद देखेपछि वीरगन्जको शंकराचार्य गेट नजिकै चेकजाँच गर्ने क्रममा साहले बोकेको झोलाभित्र उक्त परीमाणमा चाँदीको गहना बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका साहलाई चाँदीसहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment