Rato Pana
प्रदेश २ समाचार हाइलाइट-समाचार

स्वर्गीय बिन्दु पाँण्डे स्मृति पत्रकारिता पुरस्कार रेडियोकर्मी कुँवरलाई प्रदान ।

Advertise: Advertise: Advertise:

अमित अग्रवाल

वीरगन्ज ८ साउन
वीरगन्जकी पहिलो पत्रकार महिला स्वर्गीय बिन्दुदेवी पाँण्डेको स्मृतिमा स्थापना गरिएको स्वर्गीय बिन्दुदेवी पाँण्डे स्मृति पत्रकारिता पुरस्कार, रेडियोकर्मी अनिता कुँवरलाइ प्रदान गरिएको छ ।

आज वीरगन्जको होटेल कुमु प्यालेशमा आयोजित कार्यक्रममा रेडियोकर्मी एनि कुवँर भनिने अनिता कुवँरलाइ नगद १५ हजार रुपैयाँ राशी सहितको पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रममा प्रदेश नम्बर २ का ऊर्जा , सिंचाइ तथा खानेपानीमंत्री ओमप्रकाश शर्माले कुँवरलाई पुरस्कार प्रदान गर्नु भएको हो ।

बिन्दुदेवी प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने , प्रदेश २ का महासचिव श्याम बन्जरा, जिल्ला अध्यक्ष अनुप तिवारी, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिवेदी, पशुपतिबिक्रम शाह , नेपाल रेडक्रस सोसाईटी पर्साकी उपसभापती मधु राणा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रतिष्ठानकी महासचिव माधुरी महतोको सहजिकरणमा सम्पन्न भएको थियो ।

Advertise:

Related posts

Leave a Comment