Rato Pana
खेलकुद समाचार

कबडी संघ पर्साको पाँचौ जिल्ला अधिवेशन सम्पन्न ।

Advertise: Advertise: Advertise:

अन्जु कुमारी
वीरगंज २३ साउन
कबडी संघ पर्साको पाँचौ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ ।

संघका पर्सा अध्यक्ष आकाश पटेलको अध्यक्षता एवं वीरगंजका मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले तिन तहका सरकार बिच तालमेल नहुदा खेलको बिकाश हुन नसकेको आरोप लगाउनुभयो ।

तराई मधेशमा सम्भावना बोकेका थुप्रै खेलाडी भएता पनि खेलकुदका आयोजनाहरु नहुदा खेलाडी पलायन भईरहेको बताए । उहाँले तिनवटै सरकार बिच समन्वय गर्न सके पर्साबाट पनि धेरै राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सकिने दावी गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य संघका सदस्य अनिल पटेलले गरेका थिए भने सहजीकरण संघका सचिव बिजित सोनीले गरेका थिए ।

यसैबिच आजै सम्पन्न बन्दसत्रले पुनः आकाश पटेलको अध्यक्षतामा १५ सदसीय नयाँ कार्य समिती चयन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा सुभाष राम, सचिवमा बिजित सोनी, सह सचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा राजेश कुमार यादव, सदस्यहरुमा रंजित चौरसिया,रणु दास, श्रुति गौरो, ऋतिका चौधरी, बिद्या सागर पटेल, अरमान अली, महेश पटेल, अवधेश पटेल, राजन कुमार सिंह, र दिनेश पटेल रहेका छन । नारायणी रंगशालामा सम्पन्न कार्यक्रममा संघका पुर्व सचिव राकेश साह, सदस्य अनिल पटेल लगायतकाले बिशेष सहयोग गरेका थिए ।

Advertise:

Related posts

Leave a Comment