Rato Pana
विचार

म आम नागरिक लोकतन्त्रको एक सिपाही : अशोक कुश्वाहा

Advertise: Advertise: Advertise:

पर्सा, ९ भदौ

हाम्रो देशमा भ्रष्टाचार माकुराको जालो जस्तै फैलिएको छ । म एक आम नागरिक लोकतन्त्र को सिपाही यो भ्रष्टाचारको जालो माथी खोजमूलक अध्यन्न ग़री मूल भ्रष्टाचारी पता लगाएको छू र आफ्नो कड़ा परिश्रम ले पता लगाएको उक्त मूल भ्रष्टाचारीको बारेमा आफ्नो बिचार साझा गर्दै छू ।

तपाईलाई भ्रष्टाचारको मूल जरो खोज्नु पर्यो भने तपाई सक्नु हुन्न होला तर मैले भ्रष्टाचारको पुच्छर समाउन खोजेको थिए, मूल टाउको नै भेटाए जस्तो लाग्यो ।

म आफ्नो गाउँपालिकाको एक जना पिउन दाई संग केहि व्यक्तिगत काम कै सिलसिलामा चियाको चुस्की लिदै सोधे । दाई, हजुर घुस चाही किन लिनु हुन्छ ? अहिले त सरकारी नियुक्तिमा तलब राम्रै छ त दाई छैन र ? पिउन दाई ले जबाब फर्काउनु भो । तपाईको प्रश्न एक दम सटीक र सान्दर्भिक छ तर लौ न हजुर तपाई आफै भन्नुस त हाम्रो हाकिम सापको चुरोट, चिया र गुटकाको पैसा के मैले आफ्नो गोजी बाट तिर्नु ?

पिउन दाईको चित बुझदो जबफ सुने पछि म हाकिम साप कहाँ पुगे र यही प्रश्न फेरी हाकिम साप लाई तेरस्याए । हाकिम साप मुख बाट प्याच गुटका थूकदै भने : हाम्रा पालिका का अध्यक्ष ज्यूँ लाई हरेक काममा कमीशन के मैले आफ्नो तलब बाट तिर्नु ? उहाको कार्यकर्ता, आसेपासे तथा बाउंसरहरूको खर्च धान्ने जुगाड़ कहाँ बाट गर्नु हजुर ? हाकिम सापको चित बुझदो जबाब सुनेर म सन्तुष्ट भई फर्के ।
त्यसपछि म यही सवाल सोध्न आफ्नो पालिका अध्यक्ष ज्यूँको आलीशान कार्य कक्षमा पुगे । अध्यक्ष ज्यूँ ले कुर्सी मंगाई बस्न भन्दै चियाको पनि ऑर्डर दिदै भन्नु भो । हजुरको सवाल एकदम जायज छ तर हेर्नुस हजुर, भोली मन्त्री ज्यूँ आउदै हुनुहुन्छ । उहाँको आदर सत्कारको लागी कुनै बजेट पनि छैन । सबै व्यवस्था मैले नै गर्नु पर्ने हुन्छ । तपाई आफै भन्नुस त हजुर मैले यत्रो पैसा कहाँ बाट खर्च गर्ने ? या त सबै तलब खर्च गर्नु पर्यो या त मैले घुस नै लिनु पर्यो होइन त हजुर ?
अध्यक्ष ज्यूँको हिर्दय विदारक पीड़ा सुनेर म आम नागरिक एउटा लोकतन्त्रको सिपाही चित बुझाए ।

फेरी एक चोटी त्यही सवालको जबाफ खोज्न म मन्त्री ज्यूँको मन्त्रालयमा कड़ा परिश्रम पछि छिर्न मौका पाए र मन्त्री ज्यूँ लाई प्रश्न तेरस्याउदै उनको दरबारमा गुहार लगाए । मन्त्री ज्यूँ मेरो कुरो सुनेर मन्द मुस्कानका साथ हॉसनु भयो र जबाब फर्काउनु भयो । तपाई लाई थाहा छैन की आज भोली चुनाव कति महंगों भई सकेको छ । केन्द्रमा मजबूत पकड़ बनाउन, पार्टी अध्य्क्ष ज्यूँ लाई पनि त पार्टी फ़ंडमा चंदा दिनु पर्ने हुन्छ । तपाई आफै बताउनुस हजुर यदि मौक़ामा नकमाए आउदो चुनावको खर्च कसरी जुटाउने र चुनाव कसरी लड़ने ? भोली जनता लाई मासु चिउरा खुवाउनु पर्यो भने पैसाको कहा बाट खर्च जुटाउने हजुर ? सवालको जबाब सुनेर म निशब्द पनि भए र स्तब्ध पनि भए ।

केहि जुगाड़ मिलाई म केन्द्री कार्यालय सम्म पुग्न सफल भए र पार्टीको केन्द्र कार्यालयमा पार्टी अध्यक्ष उर्फ केन्द्रीय मन्त्री ज्यूँ लाई यही प्रश्न राखे । मन्त्री ज्यूँ ले कुन गदहा ले यो गदहा लाई यहाँ ल्यायो होला कुन्नी, मन मैं सोचदै ? जबाब दिए : हाम्रो यत्रो ठुलो पार्टी छ, केहि मन्त्री छन, दर्जनौ सांसद छन, हजारौ नेता छन र लाखौ कार्यकर्ता छन । तपाई आफै भन्नुस त यदि पार्टी फ़ंडमा पैसा भएन भने सरकार र यत्रो माकुरा को जालो जस्तै फैलिएको पार्टि कसरी चलछ ? पार्टी अध्यक्ष ज्यूँको जबाब बाट चरम सन्तुष्टिको अनुभूति गर्दै त्याहा बाट विदा भए ।

म पार्टी अध्यक्ष एवम केन्द्रीय मन्त्री ज्यूँ संगको वार्तालाप पछि कार्यालय बाट बाहिर निस्के र सोचन थाले अंततः गदहा चाही को ? शायद म नै हु, सबै भन्दा सस्तो, भरपर्दो र टिकाउ आम नागरिक एक लोकतन्त्रको सिपाही, वोट दिन्छु सरकार बनाउन र आफै लाई लूटवाउन को लागी । सब भन्दा ठुलो र मूल भ्रष्टाचारी हूँ म अर्थात आम नागरिक हूँ। म यो लोकतन्त्रको एक सिपाही हूँ ।

अशोक कुश्वाहा (लेखक)
Advertise:

Related posts

Leave a Comment