Rato Pana
विचार

के विरोधको शैली हिंसात्मक नै हुनु जरूरी छ ?

Advertise:
Advertise:
Advertise:

वीरगन्ज । ठाकुर राम क्याम्पसको परिक्षा सेन्टर वीरगन्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशीत विधार्थीहरुको समुहले शुक्रबार साँझ देखि बेलुकी सम्म क्याम्पस परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

त्यसक्रममा उनिहरुले क्याम्पस र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष भित्र तोडफोड गर्दै फर्निचरहरु बाहिर निकालेर आगजनी पनि गरेका थिए । त्यो क्रम आजपनि बिहानै देखि जारी रहयो जस्ले गर्दा मन्दिर र शान्तिको प्रतिक भनेर चिनिने शैक्षिक संस्था समेत अशान्त बन्न पुग्यो ।

बिरोध चलिरहदा बिरोधका शैलीलाई कतिले राम्रो भनिरहेका छन् भने कतिले बिरोधको नाममा हिंसात्मक रुपले सरकारी सम्पत्ति तहसनहस गर्ने प्रवृत्तिको निन्दा समेत गरिरहेका छन् । हुन त बिधार्थीको पनि आफ्नै पिडा छ ।

यसै विषयमा वीरगन्जका एक युवा अशोक कुश्वाहा आफ्नो फेसबुकमा यसो लेख्नुहुन्छ ।

दुई दिन देखी ठाकुर राम क्याम्पसमा आगो दनके को छ कारण ठाकुर राम क्याम्पस को परीक्षा केन्द्र पर्सा भन्दा बाहिर राख्नु हो । परीक्षा केन्द्र पर्सा भन्दा बाहिर राख्नु कदापि उचित होइन तर विरोध स्वरूप ठाकुर राम क्याम्पसको भौतिक सम्पति तोड़फोड़ गर्नु व आगजनी गर्नु पनि कुनै हिसाब ले उचित होइन ।

वर्तमान युवापीढ़ीको लागी समस्याको समाधान भने कै हिँसा हो त ?

पर्सामा वर्तमान युवा पीढिको विरोध शैली सार्वजनिकरूपले अग्रजहरु प्रति अभद्र भाषा प्रयोग, भौतिक क्षति तथा हिंसा हुनु निन्दनीय छ ।

राजनीतिक विरोधमा अफ्नै पार्टीको झण्डा जलाई अग्रज नेतृत्वकर्ता लाई अभद्र भाषा प्रयोग अब पर्साको युवापीढ़ीको लागी एउटा राजनीतिक परम्परा नै बन्न पुगेको देखिन्छ । जसको जल्दोबलदो उदहारण अहिले ठाकुर राम क्याम्पसको वर्तमान स्थिति हो ।

हिँसा नगरे अधिकार पाइन्न भने सोच पलाएका यस्ता पीढ़ी पढाई भन्दा राजनीतिमा बढ़ी सक्रिय देखिन्छन । अधिकार को लागि विरोध राम्रो क़ुरा हो तर हिंसात्मक विरोध ले वौद्धिकता होइन वैमनस्यता झलकाउछ ।

अशोक कुश्वाहा, वीरगन्ज

Advertise: Advertise:

Related posts

Leave a Comment