Rato Pana
राजनीति समाचार

नेपाली काँग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाइ ज्ञापनपत्र बुझाए

Advertise:
Advertise:
Advertise:

वीरगंज । नेपाली काँग्रेसको अगुवाईमा गठबंधन सरकार निर्माण भई राज्य सञ्चालन भईरहेको अवस्थामा हाल पर्सा जिल्लाका आम नागरिकहरुले भोगीरहेका तपसिलका समस्याहरुमा नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण भएकोमा उक्त समस्याहरु यथाशिघ्र समाधान गरी पाउनको लागी नेपाली काँग्रेस पर्सा का सभापति जनार्दन सिंह क्षेत्री हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रसासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री समक्ष यो ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा तपसिल प्रकार को माँग रहेको छ।

(१) अगामी संघिय र प्रदेश निर्वाचन (२०७९) लाई मध्यनजर गरी निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य यस जिल्ला मा निर्वाचन कार्यालय पर्सा बाट गरिरहेकोमा दिनहु ४००/५०० जना मतदाताहरु कार्यालयमा पुग्दा जनशक्तिको अभावमा ५०/६० जना को नाम मात्रै दर्ता हुने भएको ले गाउँ/गाउँ बाट आउने आम नागरिक ले समस्या भोगिरहेकोले जनशक्तिको व्यवस्था गरी प्रत्येक गाउ/वडा मा नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्न व्यवस्था मिलाउन नेपाली कांग्रेस पर्सा जोडदार मांग गरेको छ ।

(२) नेपाल कृषि प्रधान देश रहेको ले यस पसा जिल्ला को मल वासिन्दाको पेशा कृषि नै रहेको हुँदा कृषकहरुलाई धानवाली लगाउने यस आषाढ/साउन महिना मा रसायनिक मल (खाध) को अभाव भई कृषकहरु को जनजिवन कष्टकर भइरहेको र उत्पादन मा समेत हास हुने भएको ले अविलम्व रासायनिक मल उपलब्ध गराई कृषकहरुको समस्या समाधान गर्न
नेपाली काँग्रेस पर्सा मांग गरेको छ ।

(३) पर्सा जिल्ला को जिराभवानी गाउँपालिका अर्न्तगत रहेको ईलाका प्रशासन कार्यालय सुपौली मा जनशक्तिको अभाव भई हफ्तामा एक दिन मात्र नागरिकता वितरण देखि अन्य सेवा दिई रहेको मा उक्त कार्यालयमा आवश्यक जनशक्ति को व्यवस्था मिलाई दिनहु सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाली काँग्रेस पर्सा मांग गरेको छ ।

(४) पर्सा जिल्ला को दास्रो सदरमुकाम को रुपमा रहेको पोखरिया न.पा. मा विगत का दिनमा ईलाका प्रशासन कार्यालय स्थापना भई सेवा प्रवाह भइरहेको मा द्धन्द्ध कालमा सो कार्यालय बन्द भई सेवाग्ग्ग्रहीहरु वीरगंज आउनुपरेको ले जिल्ला प्रशासन कार्यालय मा सम्पुर्ण जिल्लाको नै भिडभाड भई अव्यवस्थित हुन गई सेवाग्राहीहरु लाई समस्या भईरहेको ले पोखरिया
मा पुनः ईलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुचारु गराई पाउनको लागि नेपाली काँग्रेस पर्सा मांग गरेको छ ।

(५) पर्सा जिल्ला का कृषकहरुको धानवाली लगाउने सिजन र हाल पानी नपरी सुखायाम भई अनावृष्टिको अवस्थामा कृष्कका आशा भरोसा रहेको नारायणी सिचाई व्यवस्थापन कार्यालय पर्सा विरगंजले नहरमा पानी समेत सञ्चालन नगरेको मा यथाशिघ्र पानी सञ्चालन गर्न नेपाली काँग्रेस पर्सा मांग गरेको छ ।

(६) हुलाकी सडक को वीरगंज-ठोरी सडक खण्ड मा दिनहु सवारी दुर्घटना भइरहेको साथै आवगन गर्ने यात्रीहरुमा सुरक्षा खतरा रहेको ले सो सडकको गण्डक नहर चौक (नवरंगिया) पुलं नीर प्रहरी चौकी स्थापना गरी पाउनु नेपाली काँग्रेस पर्सा मांग गरेको छ।

Advertise: Advertise:

Related posts

Leave a Comment