Advertise:
Advertise:
पर्सा । वडा प्रहरी कार्यालय विर्ताले विभिन्न ३ शिर्षकका मुद्दाको फरार प्रतिवादीलाइ पक्राउ गरि कैद भुक्तानको लागी कारागार पठाएको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा विन्दवासिनी गाउपालिका – २ घर भई हाल वीरगन्ज महानगर ३ बस्ने तफजुल्ला हुसेनका छोरा अन्दाजी ५५ वर्षका रहमत हुसेन रहेका छन् ।
पर्सा जिल्ला अदालतको मिति २०७५/११/०९ को चेक अनादर मुद्दाको फैसला अनुसार रु. २०००/- जरीवाना, २०७७/०८/१५ गतेको विगो भराउ मुद्दाको फैसला अनुसार १ वर्ष कैद, र २०७८/०९/२१ गतेको चेक अनादर मुद्दाको फैसला अनुसार रु. ३०००/- जरीवाना तोकिएकोमा हुसेन फरार रहदै आएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन टोलीले आज (शुक्रबार) वी.म.न.पा.-३ छपकैयाबाट हुसेनलाइ पक्राउ गरी अदालतमा दाखिला गरेकोमा आजै कैद भुक्तानको लागी कारागार चलान भएको प्रहरी निरीक्षक विशाल मल्लले जानकारी गराए ।
