Categories धर्म/संस्कृति

छठ पर्वको दोस्रो दिन आज खरना ( रसियाव रोटी ) मनाईंदै

Advertisement

वीरगन्ज । तराईबासीको ठूलो चाड छठ पर्वको आज (शनिबार) दोस्रो दिन खरना तथा रसियाव रोटी मनाइदैछ। शुक्रबारदेखि विधिवत नहाय, खाय गरेर सुरु भएको छठ व्रत कार्तिक शुक्ल पक्षको पञ्चमी तिथिमा खरनाको विधि गरेर मनादैछ।

खरनाको दिनदेखि नै ब्रतालुहरु दिनभरी निर्जला र निराहार ब्रत बस्ने गर्दछन्। खरनाको दिन घरलाई गाईको गोबरले लिपपोत गरी पुजा स्थललाई शुद्ध बनाइन्छ। छठको लागि धोई सुकाई राखिएको गहुँलाई आज शुद्धताका साथ पिसाएर पुजा घरमा भित्र्याइन्छ। कठोर र शुद्धताको पर्वको रुपमा मनाईने छठको अवसरमा आसपासमा पिठो पिस्ने मिलहरु समेत धोएर सफा गरिएको छ।

Advertisement

खरनामा पकाईने विशेष प्रसादलाई रसियाव रोटी भनिन्छ। जसलाई पकाउन माटोले बनाइएको नयाँ चुल्हो तथा आपँको दाउरा प्रयोग गरिन्छ। रसियावलाई अगहनीको चामलमा गुड तथा शख्खर हालेर दुधबाट खिर बनाइन्छ भने विशेषरुपले चोखो पारिएको गहुँको पिठोको रोटी माटोको भाडोमा पकाइन्छ।

Advertisement

खरनाको साँझमा चन्द्रमा उदाएपछि ब्रतालुले पुजा कोठामा छठिमाईको आह्वान गरी केराको पातमा रसियाव रोटीको भोग निकाली त्यसमा मुला, केरा, स्याउ लगायतका फलफुल राखी ‘रसियाव रोटी’लाई अक्षता, सिन्दुरले पूजा गरिन्छ। पुजा सकिएपछि दिनभरी निराहार बसेका ब्रतालु अग्नी तथा गाईलाई पहिलो अशं दिएपछि प्रसादको रुपमा खाने गर्छन्।

छठिमाईको आशिर्वाद लिएर परिवारका हरेक सदस्यले प्रसादको रुपमा खीर रोटी खान्छन्। छठ नहुने छिमेकिको घरमा प्रसादको रसियाव रोटीलाई दिने परम्परा रहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *