Categories समाचार समाज

भक्तपुरमा चार तला माथिबाट खसेर किशोरको मृत्यु

Advertisement

नेपालअखबार, भक्तपुर। घरको चार तलामाथिबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ।

बिहीबार साँझ मध्यपुरठिमी नगरपालिका-६ मिलरोडस्थित एक घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

Advertisement

उक्त घर भुवन श्रेष्ठको हो। उनका १७ वर्षीय छोरा भूमिनलाल खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि नागरिक अस्पताल ठिमी लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको हो।

Advertisement

यसको अनुसन्धान प्रहरी वृत्त ठिमीबाट भइरहेको छ।

Advertisement
Advertisement
Advertisement