Categories समाचार समाज

समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा वडा सदस्यको मृत्यु

Advertisement

नेपालअखबार , कपिलवस्तु। समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा एक जना जनप्रतिनिधिको निधन भएको छ ।  जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ की वडा सदस्य माधुरी लोहारको समयमै प्रसूति सेवा नपाउँदा ज्यान गएको हो ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे पनि समयमा उपचार नपाउँदा निधन भएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

यादवले सामाजिक सन्जालमा जानकारी दिँदै प्रसूति सेवाकै अभावमा महिला जनप्रतिनिधिले ज्यान गुमाउनु परेको उल्लेख गरेका छन् । मृतक लोहारलाई उपचारका लागि बुटवल लगिए पनि उपचार सम्भव नभएको उनले बताएका छन् । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले लोहारको निधनले आफू दुःखी भएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement