Categories खेलकुद समाचार

आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी

Advertisement

नेपालअखबार,पोखरा । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्पm एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी शुरुवात गरे । उनले भारतका निकिल दोसुजालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणको बाटो खोले । अर्को खेलमा नेपालका आर्यन गिरीले भारतका धिरज रेड्डीलाई ७–६, ६–४ ले पराजित गरे ।

पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका पवन गणेशले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–४ ले पराजित गरे । भारतका श्रीनिखेत कन्दनले रसियाका फेडोर सोसेस्ड्किनलाई ६–२, ६–२ ले, भारतका भत्साल मणिकन्तनले भारतकै स्मित निलेशभाई पटेललाई ३–६, ६–२ र ६–३ ले, कोरियाका जिवन पार्कले भारतका देवर्शी सेनलाई ६–४, ६–० ले, मलेशियाका केजन केथ जोनाथनले भारतका विभु चलागुण्डलालाई ६–३, ६–३ ले, भारतका धनुष वर्माले नेपालका सृजन भट्टराईलाई ६–०, ६–० ले, ताइपेइका कि हाउ हाङले भारतका मायंक सर्मालाई ६–४, ६–२ ले पराजित गरे ।

Advertisement

महिला एकलतर्फको खेलमा भारतका दिशा बेहेराले नेपालका शर्मानी श्रेष्ठलाई, रसियाकी लैला आक्मेतोवाले भारतकी दिविजा मन्नेनीलाई, भारतकी गंगना मोहनले नेपालकी सुनिरा थापालाई, भारतकी कायरा सिद्धार्थ चेत्नानीले नेपालकी प्रकृती श्रेष्ठलाई, नेपालकी प्रशंसा मोत्तानले भारतकी सारान्या रामासुब्रामनियनलाई, भारतकी जानवी आस्वाले अमेरिकाकी समिक्षा अन्यमलाई पराजित गरिन् ।

Advertisement

महिला एकलतर्पmनै नेपालकी रायना शाहले भारतकी श्रीटिका रेड्डीलाई, नेपालकी आयसा डोल्कर गुरुङ्गले भारतकी सौरभी श्रीनिवासलाई, श्रीलंकाकी विस्मी वन्थ्राले भारतकी प्रिन्सी मन्दगलालाई, भारतकी रिदयासी पाइले नेपालकी आध्या पौडेललाई, भारतकी आर्जन खोराकिवालाले नेपालकी श्रीया भट्टराईलाई, भारतकी ईशी महेश्वरीले कोरियाकी सियोइङ जाङलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । एक साता सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० राष्ट्रका ९९ खेलाडीले सहभागिता जनाएको आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिएका छन् ।

 

Advertisement
Advertisement
Advertisement