Categories समाचार

म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक भिडियो सहित

नेपालअखबार, पोखरा । गायक नविन गुरुङको म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक भएको छ । गुरुङ भाषामा रचना गरिएको नुबई दरबार मंगलवार साँझ ‘गुरुङ स्टुडियो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । नविन गुरुङ कै शब्द रचना रहेको गीतमा गायिका उषा गुरुङले साथ दिएकी छिन् भने धन बहादुर गुरुङले संगीतबद्ध गरेका छन् ।

म्युजिक भिडियो गुरुङ समुदायमा प्रचलित रोधीं संस्कृतिको दृस्टीगत गर्दै निर्माण भएको नविनले बताए । ‘लोप हुदैँ गएको गुरुङ भाषा, संस्कार, संस्कृति बचाउने अनि रोधींमा नाचिने थियटर गीतलाई पुनर्जीवित तुल्याउने हेतुले भिडियो निर्माण गरेका हौँ’ उनले भने, ‘यस अभियानमा हामीलाई देश विदेशमा रहेका गुरुङ समुदाय विभिन्न व्यक्तित्वहरुले साथ दिनु भएको छ । उहाँहरुप्रति आभारी छ ु।’

Advertisement

भिडियोमा गुरुङ सिनेमाका नायक ओम प्रकाश गुरुङ, दल बहादुर गुरुङ, विपना गुरुङ र मोनिका गुरुङको अभिनय रहेको छ भने विपना गुरुङले नृत्य निर्देशन गरेकी छिन् ।

Advertisement

तमु धिं नेपालको प्राङ्गणमा छायांकन गरिएको म्युजिक भिडियो सन्दिप तिवारीले निर्देशन गरेका छन् । त्यस्तै छायांकन र सम्पादन पनि तिवारी कै रहेको छ भने अर्जुन वास्तोलाले क्यामरामा सघाएका छन् ।