Categories राजनीति समाचार

काठमाडौँ महानगरले फोहोर न्यूनीकरण अभियान थाल्ने

Advertisement

नेपालअखबार, काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरू गरेको छ।

महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।

Advertisement

महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ।

Advertisement

महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको भनेको छ।

‘काठमाडौं महानगरपालिकाले घरबाट निष्कासन हुने कुहिने फोहोरलाई स्रोतमा वर्गीकरण गरी घरमा नै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण महानगरवासीलाई सूचित गरिन्छ’, सूचनामा भनेको छ, ‘साथै सो कार्य प्रोत्साहन गर्न सहुलियत दरमा कम्पोस्ट बिन काठमाडौं महानगरवासीलाई वातावरण तथा कृषि विभाग, टेकूबाट एक हजार ५ सय रूपैयाँमा उपलब्ध गराउने यसै सूचना मार्फत जानकारी समेत गराइन्छ।’

Advertisement
Advertisement
Advertisement