Categories दुर्घटना समाचार

कर्णाली नदीमा जेसिबी खस्यो, २ जनाको मृत्यु, ३ जना बेपत्ता

Advertisement

नेपालअखबार,कालीकोट । कालीकोट जिल्ला अन्तर्गत कर्णाली करिडोरको सडक खण्डबाट जेसिबी कर्णाली नदीमा खसेको छ। कर्णालीका खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। शनिबार दिउँसो साढे १ बजेको समयमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला नजिकबाट जेसिबी नदीमा खसेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कालिकोट मै सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र सोही पालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी शुभराज बमले जानकारी दिए।

Advertisement

बेपत्ता हुनेमा कैलाली घर बताउने अन्दाजी २३ वर्षीय कमल सोडारी, सान्नी त्रिवेणी नगरपालिका–१ कालिकोटका १९ वर्षीया उमेश गिरी, सोही ठाउँका १४ वर्षीया रक्तिम कार्की रहेका छन्। उनीहरूको खोजी कार्यजारी रहेको प्रहरीको भनाई रहेको छ।

Advertisement

घाइते तीनजनालाई तत्काल उद्वार गरेर बोलेरो जीपमा उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा पुर्याइएको छ। घाइते हुनेहरूमा रास्कोट नगरपालिका–७ का १४ वर्षीया मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीया विकास भारती र खाँडाचक्र–११ कै १४ वर्षीया आशिष भारती रहेका छन्।

फुकोट कर्णाली हाईड्रोपावरको निर्माणाधीन (४११ मेगावाट) को सुरुङभित्र पानीको अवस्था चेकजाँच गरेर फर्कने क्रममा कर्णाली करिडोरको सडक खण्डबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।  जेसिबी सडकबाट ८० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाई रहेको छ।

Advertisement
Advertisement
Advertisement