Categories समाचार

साइकलमा काठमाडौंबाट ढाका पुग्दैछन् जर्मनीका राजदूत

नेपालअखबार, काठमाडाैं । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने भएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले  आफू यात्रामा निस्किसकेको जानकारी दिएका छन्।

Advertisement

भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनले बताएका छन्।

Advertisement

प्रिन्ज सन् २०२१ देखि नेपालमा राजदूत छन्।