Categories राजनीति समाचार

समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्दै आयोग

Advertisement

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ चयन भएका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ।

दलहरूले पाएका सिटमा पेश गरेका नामावलीलाई आयोगले आज दिउँसो १ बजेपछि समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्ने एक आयुक्तले जानकारी दिए।

Advertisement

आयोगले प्रतिनिधि सभाका ११० सिट र प्रदेशका २२० सिटमा सांसदहरू निर्वाचित भएको घोषणा गर्ने र निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको हो।

Advertisement

दलहरूले क्लस्टरअनुसार सांसद चयन गरेर आयोगमा पेश गरेका थिए। प्रतिनिधि सभातर्फ पेश गरेका सूचीमा त्रुटि नभेटिए पनि प्रदेश तर्फका सूचीमा त्रुटि भेटिएपछि सच्याउन दलहरूलाई समय दिइएको थियो।

आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारीसमेत गरेको छ।

आयोगले निर्वाचन प्रतिवेदन बुझाएपछि राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि केही दिनमा प्रक्रिया सुरू गर्नेछ।

Advertisement
Advertisement
Advertisement