Categories समाचार

दैनिक ४ घन्टा सवारी साधन रोकेर नारायणगढ-मुग्लिन सडकखण्डमा काम गरिँदै

Advertisement

नेपालअखबार, चितवन। पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा सवारी साधन रोकेर पुल निर्माणका काम गरिने भएको छ।

यस सडकखण्डमा पर्ने चार वटा पुल निर्माण गर्न बाँकी छ।

Advertisement

सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माण गर्नका लागि सवारी साधन नै रोकेर कामलाई तीव्रता दिन लागिएको हो।

Advertisement

यही पुस ५ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म एक महिना हरेक दिन सवारी साधन सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जानकारी दिएको छ।

सवारी साधन रोकेर काम गर्ने समयमा सवारी साधन तोकिएका स्थानमा पार्किङ गरी राख्न पनि आयोजनाले आग्रह गरेको छ। साथै वैकल्पिक सडक प्रयोग गर्न सकिने अवस्थामा त्यस्ता सडक प्रयोग गर्नसमेत भनिएको छ।

हेर्नुस् सूचना:

Advertisement
Advertisement
Advertisement