Categories समाचार

राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराजलाई कारबाही गर्न माग

Advertisement

नेपालअखबार, धरान । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् ।

Advertisement

धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित जनप्रतिनिधि र संघसंगठनले पनि मेयर राईलाई कारबाही गर्न माग गरेका छन् ।

Advertisement

जनताको प्रतिनिधि र स्थानीय सरकार प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य र मान्यता, अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत साम्प्रदायिक र कुनै जातप्रति अपमान हुने अभिव्यक्ति दिएको भन्दै उनलाई कानुनअनुसार कारबाही हुनु पर्ने उनीहरुको माग छ ।

संयुक्त वक्तव्य जारी गर्दै नेपाल उत्पीडित जातीय मूक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मूक्ति संगठन, राप्रपा निकट उत्पीडित संगठन, परियार सेवा समाज, श्री विश्वकर्मा कल्याण सेवा समिति, मिजार सेवा समाज, मरिक सेवा समाज, दलित विकास समिति धरानलगायतका संघसंगठनले यस्तो माग गरेका हुन् ।

मेयर राईले फेसबुकमा मंसिर २७ गते दलित समुदायको चमार जातिमाथि चोट पुग्ने गरी अभिव्यक्ति दिएका थिए ।

Advertisement
Advertisement
Advertisement