Rato Pana
समाचार

साइकल चढेर ९ दिनमा काठमाडौंबाट ढाका पुगे जर्मन राजदूत

नेपालअखबार, काठमाडाैं । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका पुगेका छन्।

सामाजिक सञ्जालमा उनले दिएको जानकारीअनुसार काठमाडौंबाट हिँडेको ९ दिनमा उनी ढाका पुगेका छन्।

उनी भारतको बाटो हुँदै १ हजार २५ किलोमिटर पार गरेर बंगलादेश पुगेका हुन्। ढाकामा उनलाई बंगलादेशस्थित जर्मन राजदूतले स्वागत गरेका छन्।

‘यी ९ दिन निकै गज्जब थिए जुन म कहिल्यै बिर्सन सक्दिनँ,’ उनले ट्विटरमा लेखेका छन्।

प्रिन्ज सन् २०२१ देखि नेपालमा राजदूत छन्।

सम्वन्धित समाचार