Categories राजनीति शिक्षा समाचार

फागुन १४ मा स्ववियु चुनाव नहुने, २८ गते गर्न प्रस्ताव

Advertisement

नेपालअखबार, काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४  गतेमा नहुने भएको छ। १४ को ठाउँमा २८ गते गर्न प्रस्ताव गरिएको छ ।  बुधबार शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषदको बैठकले फागुन २८ गते गर्ने प्रस्ताव गरेको थियो।

डीनहरूले विद्यार्थीको परीक्षाका कारण १४ गते चुनाव गर्न नसकिने बताएका थिए।   विद्यार्थीहरूको परीक्षा सञ्चालन भइरहेकाले यसअघि गर्दै आएको मितिमा चुनाव गर्न सकिने अवस्था नरहेको शिक्षाध्यक्ष भुसालले बताए ।
अब विद्यार्थी संगठनहरूसँग बसेर थप छलफल गरेर २८ गतेको मितिबारे टुंगोमा पुगिने भुसालले बताए ।

Advertisement

परिषदले त्रिविका ९ वटै संस्थान र संकायका डीनसँग चुनावी तयारीका विषयमा छलफल गरेको थियो । २८ गते चुनाव गर्ने मोटामोटी सल्लाह भएको विद्यार्थी संघ–संगठनसँग पनि छलफल गरेर निर्णयमा पुगिने उनको भनाई छ ।

Advertisement

त्रिविले १४ वर्षपछि स्ववियु चुनाव गर्दैछ। त्रिवि शैक्षिक क्यालेन्डरमा २–२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर २०६५ यता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

२०७३ सालमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो । स्ववियु नियमित नहुँदा विद्यार्थीहरूले चुनाव गराउन पटक–पटक माग गर्दै आएका थिए। कार्यकारी परिषदले चुनावको मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement