Rato Pana
शिक्षा समाचार

जाली रसिद फेला परेको घटनाको भत्सर्ना गर्दै कारवाहीको माग

Advertise:
Advertise:
Advertise:

वीरगन्ज । नक्कली रसिद काटेर विद्यार्थी भर्ना गर्ने व्यक्तिलाई कारवाही गर्न जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन ठाकुरराम बहुमुखी क्याम्पस ईकाई कमिटीले माग गरेको छ । 

समाजवादी विद्यार्थी युनियन ठाकुरराम बहुमुखी क्याम्पस ईकाई कमिटीका अध्यक्ष हरिन्द्र साहको नेतृत्वमा क्याम्पस प्रमुख डा. उमेश चौरसियालाई ज्ञापन पत्र बुझाइएको हो । 

क्याम्पसको स्नातकोत्तर तहको चौथो वर्षको थेसिस रु १५ सयको दस्तुर तिरेर ८० वटा जाली रसिद फेला परेको घटनाको भत्सर्ना गर्दै कारवाहीको माग गरिएको ईकाई कमिटीका उपाध्यक्ष शशीकान्त सर्राफले बताए ।

सर्राफले भने, ‘विद्यार्थीको हकहितका लागि क्याम्पसको सुधारका लागि आवाज उठाउँदै आएको समाजवादी विद्यार्थी युनियनलाई यो घटना सह्य हुँदैन । यसले क्याम्पसको गरिमालाई घटाएको छ । जसरी पनि कारवाहीको दायरामा ल्याउनुपर्छ ।’ 

ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख डा. चौरसियाले विद्यार्थी युनियनले उठाएको विषयमा गम्भिर रहेको बताउँदै छानबिनका लागि समितिसमेत गठन गरेर अनुसन्धान भईरहेको बताए । 

Advertise: Advertise:

Related posts

Leave a Comment