Categories राजनीति समाचार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनको बधाई

Advertisement

नेपालअखबार, काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मुलुक चीनले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।

प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँराजदूतावासका तर्फबाट बधाई दिइएको हो।

Advertisement

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद तथा गोपनीयताको शपथ लिने  कार्यक्रम तय भएको छ।

Advertisement

नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार यहाँस्थित चीनका कार्यवाहक राजदूत वाङ सिनले टेलिफोनमार्फत बधाई दिएका हुन्।

राजदूत सिनले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताए।

चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिएका छन्।

यसअघि भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याएका थिए।

Advertisement
Advertisement
Advertisement