Categories राजनीति समाचार

कांग्रेस गण्डकी प्रदेश दल नेतामा सुरेन्द्र पाण्डे विजयी

Advertisement

नेपालअखबार, पाेखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन्।

गत मंसिरमा भएको चुनावमा पाण्डे गोरखा २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।

Advertisement

पाण्डे कांग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

Advertisement

गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन्।

दल नेताका लागि आज भएको चुनावमा पाण्डेले १८ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी भोजराज अर्यालले ८ मत मात्रै ल्याएका छन् भने एक मत बदर भएको छ।

अर्याल संस्थापनइतर समूहका हुन्। उनी स्याङ्जा क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सांसद भएका थिए।

 

Advertisement
Advertisement
Advertisement