Categories समाचार समाज

सिक्लेसमा आगलागी हुँदा निर्वतमान वडाध्यक्ष गुरुङको आफ्नै घरमा जलेर मृत्यु

Advertisement

नेपालअखबार, कास्की। कास्कीको मादी गाउँपालिका—१ सिक्लेसका निर्वतमान वडाध्यक्ष सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

हिजो राति ८ः३० बजेदेखी सुरु भएको आगलागीका कारण गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शब घरभित्र जलेको अवस्थामा फेला परेको थियो । गुरुङ विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Advertisement

मृतक गुरुङकै घरदेखी आगलागी सुरु भएको बताइन्छ । कपडा पसल सञ्चालन गर्दै आउनुभएका गुरुङ घरमा एक्लै बस्ने गर्नुहुन्थ्यो । उहाँका छोरा÷बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ । आगलागीबाटसँगैको तौबहादुर गुरुङको घर समेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement