Categories प्रशासन शिक्षा समाचार

चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला

Advertisement

नेपालअखबार, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तह (युजी) को शैक्षिक कार्यक्रमहरुमा एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन २४ पुसमा खोल्ने भएको छ ।

आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी, बीपीएचको लागि अनलाइन आवेदन खुला गरेको हो ।

Advertisement

आवेदन फारम पुस २४ गते बिहान १० बजेदेखि २०७९ माघ २४ गते अपरान्ह पाँच बजेसम्म भर्न पाइनेछ । आयोगले नेपाली आवदेकको लागि चार हजार र विदेशी आवेदकको लागि ८ हजार रुपैयाँ शुल्क तोकेको छ ।

Advertisement

आयोगका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन भर्न सक्नेछन् ।

परीक्षा फागुन २४ गतेदेखि आयोगले यी शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा फागुन २४ गतेदेखि फागुन २८ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

आयोगको अनुसार एमबीबीएसको परीक्षा फागुन २४ गते र बीडीएसको परीक्षा २५ गते हुनेछ ।

बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजीको परीक्षा २६ गते, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी शैक्षिक कार्यक्रमको २७ गते र बीपीएचको परीक्षा फागुन २८ गते सञ्चालन हुनेछ ।

Advertisement
Advertisement
Advertisement