Categories समाचार समाज

पर्सामा महिलालाई बाेक्सीकाे आराेप लगाई निर्घातरुपमा कुटपिट

Advertisement

इरफान अली, वीरगंज । पर्सामा एक महिलालाई बाेक्सीकाे आराेप लगाई निर्घातरुपमा कुटपिट भएकाे छ । जगरनाथपुर गाउँपालिका घर भएकी ६० वर्षिय दलित महिलामाथि निर्घात कुटपिट भएको घटना उजागर भएकाे छ । जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेकाे उनकाे छाेरा प्रभु महरा चमारले बताएका छन ।

आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासदेव महरा चमार र सुरेश महरा चमारले कुटपिट गरेको पीडितका छोरा महराले बताए ।

Advertisement

उनीहरुले मलमुत्रसमेत खुवाउने प्रयास गरेपछि गाउँलेले उद्धार गरेको महराले बताए। कुटपिटबाट घाइते सुदामा देवीको घाँटी, हातखुट्टालगायतमा चोट लागेको तथा उनको नारायणी अस्पतालमा भइरहेको छ। कुटपिटमा संलग्न रहेका चारै जनाविरुद्ध प्रहरीमा उजुरी दिएको महराले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement