Categories राजनीति विचार समाचार

नेकपा एकीकृत समाजवादीको पोलिटव्यूरो बैठकले के गर्‍यो निर्णय

Advertisement

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले सरकारले जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ।

मंगलबार सम्पन्न पार्टी पोलिटव्यूरो बैठकले थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रिय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

Advertisement

बैठकमा धेरैजसो नेताले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए।

Advertisement

बैठकले दुई वटा मुख्य निर्णय गरेको प्रवक्ता खतिवडाले बताए।

पहिलो निर्णय,  हाम्रो पार्टी सदैव वामपन्थीको बीचमा एकता गर्ने,  सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतहरुलाई एक ठाउँमा ल्याउने कुरामा केन्द्र भागमा रहेर काम गर्ने कुरामा सधैंभरी प्रतिवद्ध छ। विगतमा पनि थियो, आज पनि छ र भोलि पनि यो जिम्मेवारीलाई हाम्रो पार्टीले पूरा गर्नेछ। त्यसकारण यसका लागि हाम्रो केन्द्रिय पोलिटव्यूरो बैठकले हाम्रो केन्द्रिय सचिवालयलाई यस सम्बन्धि गृहकार्य गर्नका निम्ति अनुमति प्रदान गरेको छ। अब यो काम केन्द्रिय सचिवालयले संयोजन गर्दै अगाडि बढाउनेछ’, पार्टीको निर्णयबारे उनले भने।

अर्को निर्णय छ–सरकारको बारेमा। आज भईरहेको नयाँ गठबन्धन सरकारको बारेमा हामीले व्यापक छलफल गरेका छौं। र, अन्त्यमा निर्णय गरिएको छ–यसबारेमा थप आवश्यक अध्ययन गर्नुपर्ने, छलफल गर्नुपर्ने, विचार विमर्श गर्नुपर्ने र यसले देश र जनताको हितमा के–कस्ता कार्यक्रमहरु ल्याउन सक्छ? र, हाम्रो दलसँग उसको राजनीतिक सम्बन्ध के–कस्तो रहनेछ ? भनेर अझ धेरै कुरा बुझ्नुपर्ने भएकाले यसको अन्तिम निर्णय गर्नका लागि पनि केन्द्रिय सचिवालयलाई पोलिटव्युरोले अधिकार प्रदान गरेको छ,’ उनले दोस्रो निर्णयबारे भने।

त्यसैगरी बैठकले वामपन्थी पार्टीबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रिय सचिवालयलाई नै प्रदान गरेको छ।

केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताए।

पार्टी भित्र संगठन सुदृढीकरण र सुद्धिकरण अभियान संचालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने काममा अघि बढने निर्णय पनि पोलिटव्यूरो बैठकले गरेको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ।

Advertisement
Advertisement
Advertisement