Categories राजनीति समाचार

सरोज यादव मधेश प्रदेशमा एमाले संसदीय दलको नेता चयन

Advertisement

नेपालअखबार, जनकपुर । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन्।

मंगलवार जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता छानेको हो।

Advertisement

आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो। प्रदेश कमिटीले यादवको नाम चयन गरेको हो। एमाले केन्द्रीय सदस्य समेत रहेका यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित भएका थिए ।

Advertisement

मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ‌।

Advertisement
Advertisement
Advertisement