Rato Pana
शिक्षा

पोखरा १३ का सामुदायिक विद्यालयमा स्वास्थ्य सामाग्री वितरण

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका १३ ले वडामा रहेका सबै सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । वडामा रहेका ८ वटा सामुदायिक विद्यालयहरूलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको वडा कार्यलयले जनाएको छ ।

विद्यालयमा विद्यार्थीहरूलाई चोटपटक लाग्दा सामान्य प्राथमिक उपचार गर्न स्वास्थ्य सामाग्री वितरण गरिएको वडा अध्यक्ष किरण बरालले बताए ।

विद्यालयमा सामान्य स्वास्थ्य सामाग्री पनि उपलब्ध नहुने भएकाले बालवालिकाको स्वास्थलाई मध्यनजर गरी स्वास्थ्य सामाग्रीहरु वितरण गरेको उनको भनाइ छ ।

अध्यक्ष बरालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा ध्यान दिएको बताए । साथसाथै विद्यार्थीहरूको स्वास्थलाई ध्यानमा राख्दै काम गरिरहेको बताएका छन् ।

स्वास्थ्य सामाग्री डिटोल, ह्यन्डी प्लास्टर र ब्यान्डेज कपडा वितरण गरिएको उनले जानकारी दिए ।

सम्वन्धित समाचार