Rato Pana
राजनीति

एकीकृत समाजवादीले बनायो वाम एकताका लागि कार्यदल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम एकताको प्रक्रिया अघि बढाउन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

बिहीबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार कार्यदलको सदस्यहरूमा नेताहरू गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् । उक्त कार्यदलले वाम एकताका लागि वार्ता, संवाद, छलफल र पहलको अगुवाइ गर्नेछ ।

सम्वन्धित समाचार