Categories विश्व समाचार

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

Advertisement

नेपालअखबार, काठमाडौं । इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

पृथ्वीको ९७ किलोमिटर गहिराइमा गएको यो भूकम्पको धक्का दुई हजार किलोमिटर टाढासम्म महसुस भएको थियो । भूगर्भविदहरुले भूकम्पका थप धक्का आउन सक्ने भन्दै सतर्क रहन सूचित गरेका छन् ।यसअघि गत नोभेम्बर महिनामा इन्डोनेसियाको जाभा प्रान्तमा ५.६ म्याग्निच्युटको भूकम्प जाँदा ३१८ जनाको मृत्यु भएको थियो भने ६२ हजार भन्दा धेरै व्यक्तिहरु विस्थापित भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement