Rato Pana
प्रदेश २ राजनीति समाचार हाइलाइट-समाचार

वीरगन्जका मेयर मा सिंह निर्वाचित, कसरी बने राजेशमान वीरगन्जको शान ?

Advertise:
Advertise:
Advertise:

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उमेदवार जसपाका युवा नेता राजेशमान सिंह भारी मतआन्तरबाट निर्वाचित भएका छन् ।

मतगणना शुरुभएदेखी अग्रता कायम राखेका सिंहको मुख्य प्रतिस्पर्धा वीरगन्जका निवर्तमान मेयर विजय कुमार सरावगी संग रहेको देखियो । मधेसी दलबाट निर्वाचित भएका सरावगी हालै नेकपा एमाले पार्टी प्रवेश गरेर उमेदवारी दिई चुनावी प्रतिस्पर्धामा लागेका थिए ।

जसपा र गठबन्धनका साझा उमेदवार राजेशमान सिंह छाता छाप ४६२१५ मत ल्याएका छन् भने निवर्तमान मेयर बिजय सरावगी सुर्य छाप २३६७१ मत पाएका छन । राजेशमान सिंह २२५४४ बढी मत ल्याएर वीरगन्ज महानगरकाे नगर प्रमुखमा बिजयी भएका छन ।

कसरी बने राजेशमान वीरगन्जको शान ?

पर्सा जिल्लाको वीरगञ्ज वडा नम्बर ३ छपकैया निवासी बुबा भुपेन्द्रमान सिंह र आमा रुकमिनि देवी श्रेष्ठको कोखबाट विक्रम संवत २०२७ सालमा कान्छो सन्तानको रुपमा राजेशमान सिंहको जन्म भयो । उनका एक दिदी र एक दाजु छन् । कान्छो सन्तानका रुपमा जन्मिएका सिंहको घर नजिकै रहेको मुलुककै पुरानो मध्येकाे एक त्रिजुद्ध महाविर प्रसाद रघुवीर राम माद्यमिक विद्यालयबाट औपचारिक शिक्षाको शुरुवात भयो । २०४२ सालमा उनले त्रिजुद्धबाट एसएलसी परीक्षा उतीर्ण गरे ।
एसएलसी उतीर्ण गरेपछि उच्च शिक्षाका लागि देशमै नाम कमाएको ठाकुरराम बहुमुखी क्याम्पसमा २०४३ सालमा आर्ट्स फ्याकल्टीमा भर्ना भए । ठाकुररामबाटै प्रविणता प्रमाणपत्र तह आई.ए. उत्तीर्ण गरे । त्यसपछि, विभिन्न कारणले गर्दा उनले आफ्नो औपचारिक शिक्षालाई बिराम दिए । आई.ए. पढ्दा स्वतन्त्र विद्यार्थी युनियनको गतिविधि नजिकबाट नियालेका सिंहले नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल विद्यार्थी संघबाट राजनितिमा प्रवेश गरे । त्यसबेला उनी ने.वि. संघको पर्सा जिल्ला सदस्य भएका थिए । ठाकुरराम क्याम्पसमा ने. वि. संघबाट शुरु भएको सिंहको राजनितिक यात्रा विभिन्न आरोह अवरोहहरु पार गर्दै आज सम्म चलिरहेको छ ।

मिलनसार, स्पष्ट वक्ता र बोलेको कुरामा अडिग रहने सिंहको व्यक्तित्वले उनलाई युवाहरुमाझ लोकप्रिय बनाउँदै लग्यो । युवाहरुमाझ निकै लोकप्रिय रहेका सिंह राजनितिमा अगाडि बढ्दै २०५४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वीरगञ्ज ३ छपकैयाको वडा सदस्यमा निर्वाचीत भए । पहिलो पटक जनताको मतबाट राजनितिमा उदाएका सिंह युवावस्थामै साविकको बीरगन्ज उपमहानगरपालिकाको ‘स्पीकर’मा समेत चयन भएका थिए । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहने सिंह २०६० सालमा भएको निर्वाचनमा साविक बीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भए । साँझ–बिहान नभनी जनताको काममा खटिने सिंहको लोकप्रियता बढ्दै जाँदा युवाहरुले उनलाई बीरगन्जकै शानको रुपमा लिन थाले । कालान्तरमा बीरगन्जेली युवाहरुको बीचमा एउटा भनाई नै प्रसिद्द रह्यो, बीरगन्जको शान राजेशमान ।

पछिल्लो एक दशकदेखि मधेश र मधेशी समुदायको हक अधिकारका लागि सिंह निरन्तर लड्दै आएका छन् । मुलुकमा भएका सबैखाले परीवर्तनकारी आन्दोलनमा सहभागी भएका सिंह राज्यले मधेशी समुदायमाथि गरेको विभेदको विरुद्ध लगातार लड्दै आए । यहाँका मधेशी समुदायलाई अधिकार प्राप्तिको आन्दोलनमा अगाडि बढाउँदै आए । स्थानिय स्तरमा पछिल्लो मधेश आन्दोलनको नेतृत्व गरे । मधेश आन्दोलनमा सिंहले पुर्‍याएको योगदानले उनको नेतृत्व अझ सशक्त बन्दै गयो । जनस्तरमा स्थापित भएका सिंहको केन्द्रिय राजनितिमा पनि प्रभाव बढ्दै जाँदा उनी राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रिय महासचिवमा चयन भए । सोही पार्टीबाटै सिंह २०७० सालको संविधान सभा निर्वाचनको सभासद प्रत्याशी बने । पछि, उक्त पार्टी एकिकरण भई बनेको राष्ट्रिय जनता पार्टीको पनि महासचिव नै रहे । अघिल्लो स्थानिय तहको निर्वाचनमा उनी राजपाबाट बीरगन्ज महानगरपालिकाको मेयर पदका प्रत्याशी रहे । आफ्नो राजनितिक शक्ति निरन्तर बढाउँदै लगेका सिंहले बीरगन्जका स्थापित नेतालाई समेत पछि पार्दै लोकप्रिय मतसहित तेश्रो स्थानमा रहे ।

राष्ट्रिय जनता पार्टी समेत एकिकरण भई जनता समाजवादी पार्टी नेपालमा रहेका सिंह कालान्तरमा उक्त पार्टी फुटेर दुई चिरा हुँदा लोकतान्त्रिक समाजवादीमा रहे पनि पुनः जसपामै फर्किएका छन् । साहिब दरवार सेवा संस्थान मार्फत जनताको सुख दुखःमा जोडिँदै आएका सिंहले कोरोना महामारीका बेला यहाँका गरीब विपन्न र असहायहरुलाई निशुल्क भोजन गराए । हजाराैं आमाबुबाहरुको आँखाको अप्रेशन गराई उज्यालो देखाए । उनको सामाजिक कामको उच्च मूल्यांकन गर्दै सामाजिक क्षेत्रमा प्रतिष्ठित संस्था रिलिफ सोसाईटी अफ कमर्सले सिंहलाई ‘विहारी लाठ कर्मवीर सम्मान’ले सम्मानीत गर्‍यो ।

उनै राजेशमान सिंहलाई यसपटक स्थानिय तहको निर्वाचन २०७९ मा जसपा र ५ दलिय गठबन्धले  बीरगन्ज महानगरपालिकाको मेयर पदको लागि उम्मेदवार बनाएकोमा निवर्तमान मेयर विजय कुमार सरावगीलाई पछि पार्दै भारी मतका साथ मेयर मा निर्वाचित भएका छन् ।

Advertise: Advertise:

Related posts

Leave a Comment