Categories राजनीति समाचार

बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे गण्डकीका मुख्यमन्त्री अधिकारीले

Advertisement

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका नववियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र अधिकारीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Advertisement

भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

Advertisement

गण्डकीमा सत्ता भागबण्डाका क्रममा नेकपा एमालेलाई मुख्यमन्त्री परेको थियो। पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यस्तै प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका थिए।

Advertisement
Advertisement
Advertisement