Categories समाचार समाज

तराईमा दिनभरजसो हुस्सु/कुहिरो लाग्ने

Advertisement

नेपालअखबार,  काठमाडाैं । हाल देशको पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा छ। तराईमा हुस्सु/कुहिरो लागेको छ।  मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्काअनुसार पश्चिम तराईका हुस्सु/कुहिरो मध्याह्नपछि हट्ने सम्भावना देखिए पनि तराईका अन्य स्थानका हुस्सु/कुहिरो भने दिनभर रहने सम्भवना छ।

Advertisement

मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा बिहान केही बेर कुहिरो लागे पनि दिउँसो आकाश खुला हुनेछ। आज बिहान ६:४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको नगरकोटीले जानकारी दिइन्।

Advertisement

महाशाखाका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैबीच उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भूभागमा बाक्लो  हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवनमा प्रभाव पार्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

Advertisement
Advertisement
Advertisement