Categories समाचार समाज

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

Advertisement

नेपालअखबार, । लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण०, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद सदस्यसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो ।

गौतमबुद्धको अस्तु धातु रहेको रामग्राम बुद्धमार्गीहरुका लागि पत्रिव स्थल रहेकाले यहाँको विकास गर्ने गरी स्थलगत अवलोकन गरिएको उपाध्यक्ष त्रिपाठीले बताए । उनले बुद्धको जीवनसँग जोडिएको महत्वपूर्ण स्थल रामग्राम भएकाले तत्कालीन र दीर्घकालीन रुपमा रामग्रामको विकास गरिने बताए ।

Advertisement

उपाध्यक्ष त्रिपाठीले रामग्राममा तत्तकाल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्डहरु राख्न निर्देशन दिए । उनले लुम्बिनी पछिको महत्वपूर्ण बुद्धस्थलका रुपमा रामग्रामको विकास गर्नुपर्ने बताए ।

Advertisement

नवलपरासीको रामग्राम नगरपालिका वडा नं। ७ झरही नदीको किनारमा रहेको रामग्रामलाई विश्वका बौद्धमार्गीहरुले पवित्रस्थलका रुपमा पुज्छन् ।  भगवान् बुद्धको अस्तुधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा हो । बौद्धग्रन्थमा  सम्राट अशोकले अन्यत्रबाट झैं रामग्राममा पनि अस्तु झिकी चौरासी हजार स्तुप बनाउन चाहेको तर, त्यसो नगरेको उल्लेख छ ।
यसैगरी लुम्बिनी विकास कोषको टोलीले रामग्राम नगरपालिका १८ स्थित बौद्धक्षेत्र पण्डितपुरको पनि अवलोकन गरेको छ । पुरातत्व विभागले बौद्धकालीन अवशेषहरु पत्ता लगाएपछि यो क्षेत्रलाई पुरातात्विक स्थलको रुपमा संरक्षण गर्दै आएको छ ।

कोलिय गणराज्यको राजधानी तथा बुद्धको मावली स्थलका रुपमा पण्डितपुर हुनसक्ने भएकाले यसको पुरातात्विक महत्व उजागर गर्नका लागि लुम्बिनी विकास कोषले यो क्षेत्रको अवलोकन गरेको कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले जानकारी दिए । उनले पुरातत्व विभागले उत्खनन गर्दा बुद्धकालीन अवशेषहरु प्रशस्त देखिएकाले यसलाई बुद्धस्थलका रुपमा लुम्बिनी विकास कोषले संरक्षण र विकास गर्ने बताए । हाल पण्डितपुर क्षेत्र अतिक्रमित हुँदै गएकाले यसको संरक्षणमा कोषले चासो देखाएको हो ।

रामग्राममा तत्काल केही निर्माणहरु गर्नुपर्ने र कार्यालय समेत सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको तयारीमा लाग्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । रामग्राम स्तुपाको गुरुयोजना समेत बनेको र तत्काल केही आवश्यक पूर्वाधार निर्माण थाल्ने गरी निर्देशन आएको योजना प्रमुख सरोज भट्टराईले बताए । अवलोकनमा कोषका बोर्ड सदस्य विश्व पौडेल, परिषद सदस्य सरोज भट्टराई, अर्का परिषद सदस्य धनराज कंडेल लगायतको सहभागिता रहेको थियो ।

टोलीले सुनवल (७ तरगौली स्थित देवदह मध्यमार्गी बौद्ध गुम्बा एवं विहारको समेत अवलोकन गरेको छ । उक्त अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, सुनवल वडा नं। ७ का वडाअध्यक्ष नारायण प्रसाद आचार्यले लुम्बिनीसँग जोडेर क्षेत्रको विकास गर्न आग्रह गरेका थिए ।

Advertisement
Advertisement
Advertisement