Categories राजनीति समाचार

पोखराका मेयरको अपील : आज सबै मेला महोत्सव स्थगित गर्नुस्

Advertisement

नेपालअखबार,  पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भइरहेका मेला महोत्सव आज (आइतबार) एक दिन स्थगित गर्न आग्रह गरेका छन् ।

काठमाडौंबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२ जना लिएर पोखरा उडेको विमान सेती खोंचमा दुर्घटनामा परेको छ । दुर्घटनामा मृत्यु भएका ६२ जनाको शव भेटिएको छ भने अरुको खोजी तथा उद्धार कार्य चलिरहेको छ ।

Advertisement

यो दुःखको समयमा कुनै पनि मेला महोत्सव नगर्न उनले पोखराबासीलाई आग्रह गरेका छन् ।

Advertisement

दुर्घटना स्थलमा जम्मा भएका सर्वसाधारणलाई डिलमा नजान आग्रह गर्दै मेयर आचार्यले भनेका छन्, ‘आर्मी र प्रहरीलाई काम गर्न दिऊ ।’

Advertisement
Advertisement
Advertisement