Categories समाचार समाज

विमान दुर्घटनामा ज्यान गुमाएका थप १ जनाको शव भेटियो

Advertisement

नेपालअखबार, पोखरा । यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिए ।

Advertisement

योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना वेपत्ता छन् ।

Advertisement

काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।

Advertisement
Advertisement
Advertisement