Categories राजनीति विचार समाचार

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ: प्रमुख सचेतक लेखक

Advertisement

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, कानुनको संशोधन गर्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

Advertisement

उनले संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभाषहरू रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न सबै सहमत हुनुपर्ने बताए।

Advertisement

उनले संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल प्रारम्भ हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा १ महिना पहिला निर्वाचन गर्नुपर्छ भनेकाले ऐनलाई संशोधन नगरीकन जाँदा प्रत्येक कार्यकालमा १/१ महिना घटेर जाने बताए।

उनले संविधान र ऐनको भावनमा एकरूपता ल्याउन आफूहरू लाग्ने पनि बताए।

उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि हाम्रो संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभाषहरू छन्। राष्ट्रपतिले निर्वाचन भएकैबेला, दिनदेखि कार्यकाल प्रारम्भ हुने भनिएको छ। ऐनको कार्यकाल समाप्त हुनुभन्दा १ महिना पहिला निर्वाचन गर्नुपर्छ भनेको छ। त्यसरी जाँदा ऐनलाई संशोधन नगरीकन जाने हो भने प्रत्येक कार्यकालमा १/१ महिना घटेर जान्छ। ऐन संशोधन गर्नुपर्ने अवस्था पनि भएको छ। हामीले हाम्रोतर्फबाट ऐन संशोधन गरेर संविधान र ऐनको भावनामा एकरूपता गरेर मिलाएर जाऔं भन्ने प्रस्ताव रहन्छ।’

प्रमुख सचेतक लेखकले ऐनअनुसार गर्दा कार्यकाल घट्ने भएकाले संविधान अनुसार नै संशोधन हुनुपर्ने बताए।

Advertisement
Advertisement
Advertisement