Categories राजनीति समाचार

आज उपसभामुखका लागि उम्मेदवारी दर्ता, भोलि निर्वाचन

Advertisement

नेपालअखबार, काठमाडाैं । उपसभामुख पदका लागि आज मनोनयन दर्ताको समय दिइएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रकाशित गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ।

Advertisement

शुक्रबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारहरूले उम्मेदवारी गर्ता गरिसक्नुपर्नेछ। शुक्रबार नै उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी छ।

Advertisement

उपसभामुख चयन भने प्रतिनिधि सभाको शनिबार बस्ने बैठकबाट हुनेछ। शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

उपसभामुखका लागि सत्ता गठबन्धनबाट र नेपाली कांग्रेसलगायत दलहरूबाट उम्मेदवार हुने देखिएको छ।

सत्ता गठबन्धनमा भागबन्डा भएअनुसार उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ। उक्त पार्टीले उपसभामुख उम्मेदवार चयन गर्न संसदीय दलको बैठकसमेत बोलाएको छ।

रवि लामिछाने नेतृत्वको उक्त पार्टीबाट उपसभामुखमा २ जना दाबेदार छन्। सांसदद्वय सोबिता गौतम र इन्दिरा रानामगर दाबेदार रहेको बताइएको छ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपालगायत दलले पनि साझा उम्मेदवार तय गर्ने तयारी गरेका छन्। शुक्रबार बैठक गरी उम्मेदवार तय गर्ने तयारी छ।

बिहीबार सभामुख चयनका लागि निर्वाचन भएको थियो। सत्ता गठबन्धनका उम्मेदवार नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुख चयन भएका छन्।

कांग्रेसललगायत दलबाट साझा उम्मेदवार कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने भने सभामुखमा पराजित भएकी थिइन्।

Advertisement
Advertisement
Advertisement