Categories समाचार

सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा

Advertisement

नेपालअखबार, काठमाडाैं । सशस्त्र प्रहरी बल (एपिएफ) का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।

एपिएफ प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो। अहिलेको सरूवा पूर्वानुमान सूचीअनुसार नै गरिएको एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए।

Advertisement

गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो। त्यसअनुसार नै अहिले एसपीको सरूवा भएको हो।

Advertisement

सरूवामा एक पटक पनि कमान्डको जिम्मेवारी प्राप्त नगरेका एसपीलाई पहिलो प्राथमिकतका कार्यालयमा सरूवा गरिएको छ। रिजर्भ गण र तालिम शिक्षालयहरूमा कमाण्ड गरेका एसपीलाई दोस्रो प्राथमिकतामा राखेर सरूवा गरेको प्रधान कार्यालयले जनाएको छ।

मुख्य गणमा कमान्ड गरेका एसपीलाई भने तेस्रो प्राथमिकतामा राखेर सरूवा गरिएको हो। सरूवा पूर्वानुमान सूचीका मुख्य उम्मेदवार रहेका तर विभिन्न स्वदेश तथा विदेशमा तालिमरत रहेका र संगठनको आवश्यकताले महत्वपूर्ण जिम्मेवारीमा खटाएका एसपीहरूलाई भने आगामी सूचीमा समावेश गरी खटाउने तयारी छ।

ती एसपीको हाल सरूवा नगरिएको एपिएफले जनाएको छ। नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका एसपी राजेश उप्रेतीको प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरूवा भएको छ।

भरत खनियाको एपिएफ नम्बर १० गण सर्लाहीबाट मुक्तसनाथ बाहिनी मुख्यालय कास्कीमा सरूवा भएको छ। नम्बर ११ गण हेडक्वार्टर रौतहटका ध्रुवबहादुर कार्कीको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा सरूवा भएको हो।

नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका रमेशकुमार पाण्डेको एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीका तिर्थराज पौडेलको ६ नम्बर गण हेडक्वार्टर सप्तरी, एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंका रविनराज कर्णनितको युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरूवा भएको हो।

युएन शान्ति स्थापना शिक्षालय ककनीका विर सिंह शाहूको नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बवबेहडा कैलालीमा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका जनक पुरीको एपिएफ हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सरूवा भएको हो।

त्यस्तै नेत्रबहादुर कार्कीको नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा सरूवा भएको हो। यसैगरी ९७ जना एसपीको सरूवा भएको हो।

Advertisement
Advertisement
Advertisement