Categories समाचार स्वास्थ्य

नारायणी अस्पतालमा अक्सिजन प्लान्टको उद्घघाटन ।

बिरगंज । बिरगंजको नारायणी अस्पतालमा अत्याधुनिक अक्सिजन प्लान्टको उद्घघाटन भएको छ । आज पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य बिमल प्रसाद श्रीवास्तवले एक कार्यक्रमको बिच सो प्लान्टको उद्धघाटन गर्नु भएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रतिनीधि सभा सदस्य श्रीवास्तवले मधेशीको नाममा राजनीति गरेर उपेन्द्र यादवले मधेशलाई नै बेचेको आरोप लगाउनु भयो ।

Advertisement

बिरगंज स्थित नारायणी अस्पतालमा श्रीवास्तवकै संसदीय विकास कोषको रकमबाट निर्मित अत्याधुनिक अक्सिजन प्लान्टको उद्घघाटन गर्दै सांसद श्रीवास्तवले उपेन्द्र यादव चिनबाट सञ्चालित रहेको अप्रत्यक्ष रुपमा संकेत गर्नु भयो ।

Advertisement

उनका सहपाठीहरु डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ जस्ता मधेशको बारेमा केही थाहा नभएका व्यक्तिहरुलाई राखेर मधेशको नाममा राजनीति गर्नेसँग कुनै अपेक्षा गर्न नसकिने वहाले बताउनु भयो ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानको सभापतित्वमा सम्पन्न उद्घघाटन कार्यक्रममा बिरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नेता पुरुषेात्तम साह, बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता लगायतले अब अक्सिजनको अभाव नहुने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *