अन्जु कुमारी
पर्सा । नेपाल व्युटिसियन संघ पर्साले तिजको दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
हाल तिजको कार्यक्रम विभिन्न होटल , प्यालेसमा भईरहेको अवस्थामा आफनो गाउँठाउँको पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले वीरगंजको भुटनदेवीमा कार्यत्रम गरीएको संघकी अध्यक्ष उर्मिला थापाले बताईन् ।
प्रदेश सरकार लगायत विभिन्न सरोकारवालाले पर्यटकीय क्षेत्रका पहिचान र प्रचार प्रसारमा जोडतोडका साथ लागेको बेला तीजमा दर खाने कार्यक्रम महँगो होटलमा गर्नुभन्दा रमाईलो का साथै पर्यटकीय स्थलको प्रचार प्रसारमा पनि टेवा पुग्ने भएकोले यसपालिको कार्यक्रम भुटनदेवीमा गरीएको व्युटिसियन राधा हमालले बताईन् ।
संघकी अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा पर्साको करीब ४० जना व्युटिसियनहरुको सहभागिता रहेको थियो ।




