पर्सा । कृषि तथा पशुपंक्षी बीमालाई अधिकांश कृषकहरुको पहुँच बढाउन र पारदर्शी रुपमा कार्यनयन गर्न दाबी फ्रस्योर्टलाई सहज गर्न बीमा कार्यलाई नियमित र दिगोपना दिनका लागि आज बाराको निजगढमा केरा किसान र हिमालयन जेनरल ईन्सयुरेन्स कम्पनी बीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।
हिमालयन जेनरल ईनस्युरेन्स कम्पनी बिरगंजका क्षेत्रीय हेड हरि गोपाल श्रेष्ठको अध्यक्षता र कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेको प्रमुख आथित्त्वमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो।
कृषक र बीमा कम्पनी बिच भएका असमझदारीका कारण उत्पन भएका समस्या समाधान गर्न र गुनासो सुन्न यो कार्यक्रम आयोजना गरिएको सिमरा शाखाका मेनेजर पौडेलले बताए ।उक्त कार्यक्रममा किसानले खुलेर आफ्नो गुनासोहरु राखेका थिए।किसान र कम्पनी बिच नङ र मासुको सम्बन्ध रहेको र किसानको दाबी भुक्तानी समयमै उपलब्ध गराउन आफूहरु तयार रहेको क्षेत्रीय हेड हरी गोपाल श्रेष्ठले बताउनु भयो।
बीमा कसरी गर्ने र क्षति भए पश्चात् दाबी कसरी गर्ने बारे जानकारी कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले गराउनु भयो ।किसानलाई सहज होस र प्रत्येक किसानको पहुच बाली बीमासम्म पुगोस् भन्ने उदेश्यले निर्देशीकामा उल्लेखित केही कुराहरु आवश्यकता अनुसार थपघट गराउन लागि परेको उहाले बताउनु भयो।
उक्त कार्यक्रममा निजगढ नगरपालिकाकि उपमेयर खनाल बोल्दै किसानको लागि सहकार्य गर्न र बीमा अभिकर्ताको तालीमको लागि पनि सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता जनाउनु भयो।




