Categories समाचार स्वास्थ्य

२ न.प्रदेश विपद ब्यवस्थापन गुल्म बिरगंजमा स्वास्थ्य तथा परामर्श शिविर सम्पन्न।

Advertisement

पर्सा । २ न.प्रदेश विपद ब्यवस्थापन गुल्म बिरगंजको कार्यालय बिरगंजमा आज स्वास्थ्य तथा परामर्श शिविर सम्पन्न भएको छ । रोट्रेक्ट क्लब ऑफ बिरगंज मेट्रोपोलिस तथा नारायणी बयोधा अस्पताल, बिरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा २न.प्रदेश विपद ब्यवस्थापन गुल्म बीरगंजमा आज भएको शिविर सम्पन्न भएको हो ।

बयोधा अस्पताल तथा बिरगंज सामुदायिक अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टरहरुको टोलीद्वारा जेनरल स्वास्थ्य,आँखा जाँच,चर्म रोग,उच्च रक्तचाप, मधुमेह तथा अन्य रोग सम्बन्धी स्वास्थ्य परिक्षण साथै रगत तथा ईसीजी पनि गरिएको २न.प्रदेश विपद व्यवस्थापन गुल्म बिरगंज का इंस्पेक्टर नीतेश कर्णले जानकारी गराए । पछीलो समय कोभीड़-१९ को प्रकोप तथा मौषम परिवर्तन संगै प्रायः मानिसहरु भाइरल ज्वरो टाइफाइड तथा उच्च रक्तचाप बाट ग्रसित हुने गरेकोले शिविरको आवश्यकता रहेको बयोधा अस्पतालका डाक्टरहरुको भनाई थियो ।

Advertisement

शिविरमा जेनरल फिजिसियन (एम.बी.बी.एस), डा.बिपुल कुमार भगत, डा. सुधाकर चन्द्र तथा आँखा रोग विशेषज्ञ डा. महेश सिंह धामी, तथा ५ जना स्टाफ नर्सहरु तथा अन्य डाक्टरहरुको टीमद्वारा यस विपद ब्यवस्थापन लगायत जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालयका जवाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श गरिएको थियो । जसमा रगत, सुगर तथा इसीजी जाँच तथा आँखामा लगाउने द्रपको पनि निःशुल्क सेवा उपलब्ध गराएको बयोधा अस्पतालका मार्केटिंग हेडका कृष्णा साहले जानकारी गराए ।

शिविरमा करीब ९० जनाले आफ्नो स्वास्थ्य जांच गराई लाभान्वित भएको क्लबका संयोजक दीपेन्द्र यादव (दीपेन)ले जानकारी गराए । कार्यक्रममा क्लबका अमित शर्मा, दीपु वर्णवाल, आदत अंसारी, रबिन श्रेष्ठ,रामविनय यादव लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *