Categories अर्थ

पाँच लाख रकम सहित हुण्डी कारोबार गर्ने एक पक्राउ

Advertisement

श्याम सर्राफ

पर्सा । पाँच लाख रकम सहित हुण्डी कारोबार गर्ने एक जना पक्राउ परेका छन ।

Advertisement

आज बिहान १०:३० बजे जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वा बाट वीरगञ्ज म.न.पा.वडा नं.१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले पर्सा जिल्ला वीरगञ्ज म.न.पा.वडा नं.२ बस्ने वर्ष ४३ का  महमद आसिफ अंसारीलाई पक्राउ गरेको हो।

Advertisement

भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको डिस्कभर मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकलमा सवार अंसारीले लगाएको हेल्मेट भित्र श्रोत नखुलेको नेपाली रू.५,००,०००।– (पाँच लाख) फेला परेको प्रहरीले जनाएको छ।

उक्त रकम बरामद गरी उल्लेखित मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी गराउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *