Categories समाचार

ईजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ल्याउँदै गरेको औषधि सहित पक्राउ

Advertisement


पर्सा । वीरगंज महानगरपालिका-१६ नगवामा ईजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना.३ ख १३३५ नम्बरको ट्रकबाट ल्याउँदै गरेको करिब १३ लाख ४८ हजार ७ सय ७६ रुपैयाँ मूल्य बराबरको पोलिबायो २ सय ५० एमएल लेखिएको सिरप औषधि ७ सय ८६ कार्टुन सहित सोही महानगरपालिका-२ बस्ने ३० वर्षीय सरोज मियाँलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त ट्रकमा शंकास्पद किसिमका औषधिहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रकलाई जाँच गर्ने क्रममा आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएपश्चात उक्त ट्रक, औषधि र चालक मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मियाँलाई बरामद औषधि सहित आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *