Categories अर्थ समाचार

प्रतिबन्धित भारतीय नोट सहित शर्मा पक्राउ

Advertisement

श्याम सर्राफ  

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ।

Advertisement

आज बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वा बाट वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.४ बस्ने वर्ष २५ का अजय कुमार शर्मालाई पक्राउ गरेको हो ।

भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको हरियो रंगको अपाचे मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलमा सवार शर्माले पछाडि भिरेको झोलामा प्रतिबन्धित भारतीय रू.५०० को दरको नोट-२९६ थान, रु.१०० को नोट-५ थान गरी जम्मा रु.१,४८,५००।– ( एक लाख अड्चालीस हजार पाँच सय ) फेला परेको प्रहरीले जनाएको छ।

उक्त रकम बरामद गरी मोटरसाइकलसहित शर्मालाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *