Rato Pana
राजनीति समाचार समाज

प्रदेश नं.२ को छिपहरमाई गाउँपालिका कागज र सामाजिक संजालमा उत्कृष्ट तर वास्तविक्ता भने फरक

Advertise: Advertise: Advertise:

वीरगंज । छिपहरमाई गाउँपालिका सत्तात्मक पार्टी अनुसार पर्सा जिल्लाको सब भन्दा बिकसित गाउँपालिका भए पनि वास्तविकता फरक नै रहे छ । पर्सा जिल्लाको दुर्गम क्षेत्र मानिएको छिपहरमाई गाउँपालिका पाँच वर्ष पहिला जून अवस्थामा थियो आजको अवस्था पनि उस्तै रहेको स्थानीय बताउछन ।

छिपहरमाई गाउँपालिकाको टोल टोलमा सडकको अवस्था बर्षा को कारण बेहाल भएको छ । बर्षाको पानीले छिपहरमाई गाउँपालिकाको विभिन्न सडकहरुमा खाल्डा खुल्डी भएर पानी जमेको अवस्था छ। भिस्वा, बंजारी, बर्वा, जयमंगलापुर, टिहुकी, चरगाहा, झलमहिया, भेडिहारवा, मिर्जापुर, भलवहिया,बुढगाही लगायतका गाउँमा जाने सडकमा एक फिट देखी दुई फिट सम्म खाल्डा खुल्डी भएर पानी जम्मेको कारण सवारी साधनको आवत जावतमा समस्या हुने गरेको छ ।

सो सड़क खण्डको विभिन्न ठाउंमा खाल्डा खुल्डी भएर पानी जम्मेका छन् भने केही ठाउंमा पानी जम्मेका कारण सड़क हिलामै भएको छ । जस कारण सवारी साधन आवत जावतमा समस्या हुनुका साथै पैदल आवत जावतमा समेत कठिनाई हुने गरेको छ।

छिपहरमाई गाउँपालिकाको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको आफ्नै वडा ठूलो टिहुकी टोलमा ब्रहम स्थानमा हिलो भएकै कारण सवारी साधन आवगमन प्रभावित हुने गरेको छ । मिर्जापुर गाउँ बाट  एम्बुलेंस लैजान पनि बाटो छैन् एम्बुलेंस आवत जावतमा समेत समस्या हुने गरेको छ ।  निर्वाचन अघि छिपहर माई गाउँपालिकाको अवस्था आजको अवस्था जस्तै थियो भन्दा फरक नपर्ला । छिपहरमाई गाउँपालिका भित्र पर्ने नौवगावा भन्ने गाउंहरुलाई पहिला पर्साको हुमला,जुमला नामबाट प्रसिद्ध थियो र आज पनि उस्तै अवस्था छ ।

संचारमाध्यम तथा सामाजिक सञ्जालमा छिपहरमाई गाउँपालिकाको विकासको अनेकौ लेख चर्चा परिचर्चा भएपनि वास्तविकता भनाई तथा लेखाई को बिपरीत रहेको छ । छिपहरमाई गाउँपालिकामा करोड़ों को बजेट खर्च भए पनि आज सड़क तथा सामाजिक र भौतिक पूर्वाधारका अवस्थाहरू जास्तको त्यस्तै रहेको छ ।

उदाहरणार्थ :
छिपहरमाई गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बालक राउत गद्दी आफ्नै वडाको बाटोमा हिलो भएको कारण हाथमा चप्पल लिएर वडा कार्यालय बाट कार्य सकी घर फर्कि रहेको यो तस्वीर ले गाउँपालिकाको बिकास र बिकास सम्वन्धी ठुलठुला कुरा गर्नेहरुको चरित्र चित्रण छरलंग पार्दछ । यो त एउटा वडाको उदाहरण मात्र हो । अन्य वडा को अवस्था यस भन्दा पनि बढ़ी बिग्रेको र स्थानीय ले कष्टकर जीवन बिताईरहेको देखिन्छ ।

गत वर्ष बर्षा को कारण सड़क बिग्रिएर एम्बुलेन्स आवागमन बन्द भएकै कारण केहि स्थानीय लाई उचित समयमा स्वास्थ्य सेवा नपाएर ज्यान समेत गुमाउनु परेको थियो ।

Advertise:

Related posts

Leave a Comment